Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पारिवारिक विवाद र अंश मुद्दाका कारण सिर्जना पौडेलको हत्या, भान्जा पक्राउ

पारिवारिक विवाद र अंश मुद्दाका कारण सिर्जना पौडेलको हत्या, भान्जा पक्राउ

शुक्रवार , चैत्र २७, २०८२

पोखरा। पोखरामा माइजूको हत्यामा संलग्न भान्जा पक्राउ परेका छन्। 

पोखरा ८‚ सभागृह चोकमा २५ चैतको साँझमा ४२ वर्षीया सिर्जना पौडेल केसीमाथि धारिलो हतियार प्रहार गरि हत्या भएको थियो।

गत चैत २७ गते साँझ करिब ७ः०६ बजे सिर्जना पौडेल केसी आफ्नो मासु पसल बन्द गरेर पैदल घरतर्फ जाँदै गर्दा पोखरा–बागलुङ सडकखण्डको शिवालय चोकनजिकै उनीमाथि धारिलो हतियार (खुकुरी) प्रहार भएको थियो।

हतियार प्रहारबाट सख्त घाइते केसीलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्‍याइएकोमा चिकित्सकले साँझ ८स्१८ बजे मृत घोषणा गरेका थिए।

कास्की प्रहरीले सोहि घटनामा संलग्न संलग्न दुई मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा कुश्मा नगरपालिका–११ का २७ वर्षीय शिशिर केसी र उनका साथी पोखरा–२७ का कुशल परियार रहेका छन् । 
उनीहरूलाई २७ चैत ९शुक्रबार० मा रूपन्देहीको बुटवल र कास्कीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका केसी सिर्जनाका भाञ्जा हुन्।

प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको मुख्य कारण पारिवारिक झैझगडा र अंश मुद्दा रहेको खुलेको छ । घटनाको थप अनुसन्धान जारी रहेको र पक्राउ परेकामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा कानुनी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077