Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिहेमा गएका युवकको हत्या, दुईजना पक्राउ

बिहेमा गएका युवकको हत्या, दुईजना पक्राउ

मंगलवार , बैशाख ८, २०८३

कञ्चनपुर । कञ्चनपुरमा धारिलो हतियार प्रहारबाट एक युवकको हत्या भएको छ।

सोमबार राति पुर्नवास नगरपालिका-५ भानुबस्ती का १८ वर्षीय उज्जल सायरमाथि आक्रमण हुँदा उनको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाही का अनुसार बिहे समारोहमा गएका बेला दुई समूहबीच विवाद हुँदा सायरमाथि धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गम्भीर घाइते भएका सायरलाई उपचारका लागि मायामेट्रो अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077