Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ई–बिडिङ ह्याकिङ प्रकरण : प्रहरीबाटै सूचना चुहिएपछि भूमिगत भए ठुला ठेकदार

ई–बिडिङ ह्याकिङ प्रकरण : प्रहरीबाटै सूचना चुहिएपछि भूमिगत भए ठुला ठेकदार

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । सरकारको इबिडिङ प्रणाली नै ह्याक गरी ठुला ठेक्का हत्याउँदै आएका ठेकदारहरू भूमिगत भएका छन्। पक्राउ पर्ने डरले एक दर्जन धेरै ठेकदारहरू भागेका छन् । 

यस प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइीबी) ले केही ठेकदारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तर, मुख्य ठेकदारहरू पक्राउ परेका छैनन् । प्रहरीबाटै सूचना चुहिएपछि मुख्य आरोपीहरू भाग्न सफल भएका छन्। 

यस्तो धन्दामा संलग्न ठेकदारहरूको प्रहरी अधिकारीसँग दोस्ती छ । सोही कारण उनीहरू जोगिएको आशंका गरिएको छ ।

हेटौंडाका निर्माण व्यवसायी सागर कटवाल लगायत केही साना व्यवसायीलाई भने सिआइबीले पक्राउ गरेको छ । उनीहरुले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइटमा ह्याक गरी अरुको भन्दा कम आर्थिक प्रस्ताव राखेर ठेक्का हात पार्दै आएका थिए। 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ठेक्का पनि त्यसैगरी हत्याएको खुलेपछि आशिष निर्माण सेवा, सगुन इन्जिनियरीङ लगायत कम्पनीमाथि सिआइबीले छानबिन गरिरहेको छ ।

आशिष निर्माण सेवाका मालिक निर्माण गौली, ठूला सरकारी ठेक्का हत्याउँदै आएको समानान्तर निर्माण सेवाका अच्युत खरेल, टुँडी कन्ट्रक्सनका सुमन सुवेदी लगायत पनि निगरानीमा रहेको सिआइबी स्रोत बताउँछ । उनीहरुलाई प्रहरीभित्रबाटै सहयोग पुगेको सूचना सिआइबीमा पुगेको छ।

बोलपत्रका लागि प्रस्ताव पेश गर्नुभन्दा केही मिनेट अगाडि आफ्नो बिड मोडिफाई गरी उनीहरुले सबैभन्दा कम प्रस्ताव गर्दथे । यसमा विदेशी ह्याकर समेत प्रयोग गरिएको सिआइबीले जनाएको छ । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं तराई फाष्ट ट्रयाकका ठेक्कामा सार्वजनिक खरिद अनुगन कार्यालयको अनलाइन प्रणालीमै ह्याकिङ गरेर ठेक्का हत्याएको प्रारम्भिक छानबिनमा खुलेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077