Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुधन गुरुङ प्रकरणले बढ्यो प्रहरीभित्र विवाद

सुधन गुरुङ प्रकरणले बढ्यो प्रहरीभित्र विवाद

बुधवार , जेठ ६, २०८३

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङसँग सम्बन्धि प्रमाण संकलनका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली सिन्धुपाल्चोकको रिसोर्ट पुगेको कुराले प्रहरीभित्र विवाद बढेको छ।

पूर्वगृहमन्त्री गुरुङ एक युवती लिएर भोटेकोशी हेली रिसोर्ट पुगेको विषयसँग सम्बन्धित सिटिटिभी फुटेज लगायतका प्रमाण हालै प्रहरीले संकलन गरेको थियो।

अपराध अनुसन्धान कार्यालयका इन्सपेक्टर नेतृत्वको टोलीले निकै गोप्य रुपमा चोरी घटनाको अनुसन्धानका लागि भनेर केही भिडियो लिएको हो।

रिसोर्टका कर्मचारीको समेत मोबाइलमा गुरुङसँग सम्बन्धित भिडियो रहेको सूचनाका आधारमा मोबाइल समेत नियन्त्रणमा लिएपछि घटना बाहिर आएको हो।

यो घटना गुरुङकै निर्देशनमा भएको हो वा गुरुङविरुद्ध प्रमाण संकलनका लागि भन्ने खुलिसकेको छैन । तर, अपराध अनुसन्धान कार्यालयका प्रहरी कार्यक्षेत्र बाहिर जानु र आफुलाई सिआइबीको प्रहरी भएको भनेर बताउनुले प्रहरीभित्र द्वन्द्व बढेको छ।

उपत्यका बाहिर जाने अधिकारीलाई सिआइबीलाई मात्र छ। तर, सिआइबीलाई जानकारी नै नभई कसरी अपराध अनुसन्धान कार्यालयको टोलीलाई कसले के स्वार्थमा खटायो भन्ने विषयले प्रहरीबिच द्वन्द्व बढेको छ। यस प्रकरणले एसएसपी सन्तोष खड्कालाई समेत समस्या हुने जोखिम छ।

जेनजी आन्दोलनबाट उदाएका गुरुङ यसअघि नै अनेक काण्डमा परिसकेका छन्। देखिने कुनै व्यवसाय नभएका उनी करोडौं सम्पत्तिका मालिक छन्।

उनले आफ्नो सम्पत्तिको स्रोत पनि देखाउन सकेका छैनन्। बिचौलिया दीपक भट्टसँगको आर्थिक साझेदारी र निकटता देखिएपछि उनले गृहमन्त्रीबाट राजीनामा दिएका थिए।

छानबिनबाट चोखिएर फेरी उनी मन्त्री हुने दाउमा छन्। त्यसका लागि विगतमा गरेका अनेक धन्दाका प्रमाण लुकाउनमा उनी यतीबेला व्यस्त देखिएको उनी निकट स्रोत बताउँछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077