Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिआइबीको अनुसन्धानलाई चुनौती दिदै इन्भेष्टमेन्ट बैंक, कालिमाटी शाखाका कर्मचारी पनि तानिंदै

सिआइबीको अनुसन्धानलाई चुनौती दिदै इन्भेष्टमेन्ट बैंक, कालिमाटी शाखाका कर्मचारी पनि तानिंदै

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । सरकारको स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति कानुनविपरीत लिलाम गरेको प्रकरणमा सिइओ ज्योती प्रकाश पाण्डे पक्राउ परेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गल्ती लुकाएर प्रहरीलाई चुनौती दिने प्रयास गरेको छ ।

बुधबार प्रेस बिज्ञप्ति प्रकाशन गरी बैंकले सो प्रकरणमा आफुहरूको कुनै गल्ती नभएको दाबी गरेको छ। तर, सिआइबीको अनुसन्धानमा भने गम्भीर किसिमका त्रुटीहरू देखिएको स्रोत बताउँछ । 

बैकको बिज्ञप्तिमा भनिएको छ,‘बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने प्रचलित ऐनरकानून, विशेष गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ एवं सुरक्षित कारोबार ऐन २०६३ ले दिएको अधिकार तथा यस बैंकको कर्जा असूली निर्देशिकाको पूर्ण रुपमा पालना गर्दै निक्षेपकर्ताहरुको निक्षेपबाट प्रवाह भएको कर्जा असूली गर्नु पर्ने कानूनी दायित्व तथा जिम्मेवारी अन्तर्गत रही बैंकले कर्जा असूली प्रकृया अनुसार उक्त कारबाहि अघि बढाएको व्यहोरा जानकारी गराउँदछौं ।’ 

वास्तविक विषयलाई यसरी सिधैं ढाकछोप गर्ने प्रयास गरिएको छ। स्रोतका अनुसार सो सम्पत्ति लीलाम नगर्न नेपाल दुरसञ्चार प्राधिकरणले बैंकलाई पत्राचार गरेको थियो। तर, त्यसलाई अनदेखा गरी लिलाम प्रक्रिया अघि बढाइएको थियो। 

अर्कोतर्फ  बैंकले ती उपकरण धितोवापत राखेको थिएन । अन्य जग्गाहरू राखेको थियो । जग्गा लिलाम नगरी त्यसरी धितो नै नराखेको उपकरण लिलाम गर्नुले पनि बैंकको गम्भीर त्रुटी देखिन्छ। 

यस प्रकरणमा खारेज भइसकेको स्मार्ट टेलिकमका तत्कालीन सञ्चालक सर्वेश जोशीले दिएको निवेदनलाई आधार बनाएर लिलाम प्रक्रिया अघि बढाइएको थियो।

स्मार्ट टेलिकम लिलामी प्रकरणमा इन्भेष्टमेन्ट बैंकका सीइओ पक्राउसँगै एनसेलका आचार्य दाजुभाइ खोज्दै सीआईबी ! स्मार्ट टेलिकम लिलामी प्रकरणमा इन्भेष्टमेन्ट बैंकका सीइओ पक्राउसँगै एनसेलका आचार्य दाजुभाइ खोज्दै सीआईबी !

प्राधिकरणको पत्रलाई अस्वीकार गरी खारेज भइसकेको कम्पनीका सञ्चालकको निवेदनका आधारमा लिलाम गर्नुले पनि यसमा पनि मिलेमतो र सेटिङ प्रष्ट देखिएको छ ।

त्यस्तै, लिलाम प्रक्रियामा स्मार्ट टेलिकमका सञ्चालक, बैंक र एनसेल आजियताबीच प्रत्यक्ष मिलेमतो देखिन्छ । स्मार्ट टेलिकममा नेपाली लगानीकर्ताका रूपमा सर्वेश जोशी देखिए पनि, वास्तविक स्वामित्वको कनेक्सन सतिशलाल आचार्य र उनकी श्रीमती भावना सिंह हुन् । 

एनआईएमबीले स्मार्ट टेलिकमलाई करिब ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा सतिशलाल आचार्य र भावना सिंहको व्यक्तिगत जमानी लिएको थियो ।

एनसेलका सतिशलाल आचार्य र सचिनलाललाई  समेत पक्राउको तयारी भइरहेको सिआइबी स्रोत बताउँछ। ठेक्का सस्तोमा हत्याउन एनसेलले आफ्नै अन्य दुई कम्पनी खडा गरी ठेक्कामा भाग लिन लगाएको थियो।

ती कम्पनीका सञ्चालकलाई पनि सिआइबीले पक्राउ गरिसकेको छ। यसरी सम्पत्ति लिलाम गर्दा ठुलो कमिसनको खेल भएको स्रोत बताउँछ । 

बैंकको गल्ती भएपछि त्यसमा संलग्न कर्मचारीलाई एक साताअघिदेखि नै भूमिगत बनाइएको थियो। स्रोतका अनुसार कालिमाटी शाखाका कर्मचारीहरु तानिने भएपछि उनीहरुलाई फरार हुन भनिएको थियो।

सिइओ पाण्डेले पनि दुई सातादेखि मोबाइल स्वीच अफ गरेका थिए। कतिसम्म भने आफ्ना चालकको समेत मोबाइल स्वीचअफ गर्न लगाएका थिए। मध्यराति बिपी राजमार्ग हुँदै पूर्वतर्फ भाग्न लागेको अवस्थामा मंगलबार बेलुका सिन्धुलीबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। 

स्मार्ट टेलिकमका उपकरण जडान भएका घरलाई मात्र सो कम्पनीले करिब ४० करोड भाडा र बिजुलीको शुल्क बुझाउन बाँकी छ। बैंकले आफ्नो कर्जाभन्दा धेरै रकम असुलेर बाँकी रहेको रकम त्यतीकै खातामा रोक्का गरेर बिनाब्याज प्रयोग गर्दै आएको थियो।

सिइओ पक्राउ गरेपछि बैंकले सो रकम प्रक्रिया पुरा गरेर दिइने उल्लेख गरेको छ। बैंकले चार अर्ब ६० करोडमा उपकरण लिलाम गरेकोमा चार अर्ब २२ करोड मात्र बैंकको कर्जा हो। बाँकी रकम त्यतीकै खातामा राखिएको छ ।

स्रोतका अनुसार यसमा बैंकका अन्य कर्मचारीविरुद्ध समेत पक्राउ पूर्जी जारी भइसकेको छ। उनीहरू भने फरार भइसकेका छन्।

यस्तो अवस्थामा बैंकले अनुसन्धानलाई प्रभावित पार्ने उदेश्यले आफ्ना गल्तीहरू लुकाएर सिआइबीलाई चुनौती दिने गरी बिज्ञप्ति निकालेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077