Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वेशलाई सर्वोच्चले छाड्न मानेन, एनसेलका उच्च अधिकारी पक्राउको बाटो खुल्यो

सर्वेशलाई सर्वोच्चले छाड्न मानेन, एनसेलका उच्च अधिकारी पक्राउको बाटो खुल्यो

बुधवार , जेठ ६, २०८३

काठमाडौं । स्मार्ट टेलिकमको पाँच अर्ब वित्तिय घोटामा मुछिएका पूर्वसञ्चालक सर्वेश जोशीलाई थुनामुक्त गर्न सर्बोच्च अदालतले अस्वीकार गरेको छ ।

बन्दीप्रत्यक्षीकरणको रिटमा बुधबार सर्बोच्चका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले कारण देखाउ आदेश मात्र मागेको हो । सर्बोच्चको यो आदेशसँगै अब एनसेल आजियतामाथिको अनुसन्धानका लागि पनि सिआइबीलाई सहज भएको छ ।

सो कम्पनीमाथिको अनुसन्धान सिआइबीले अन्तिम चरणमा पुर्याइसकेको छ । तर, सञ्चालक र उच्च व्यवस्थापकहरू भने कोही पनि पक्राउ परेका छैनन् । प्रहरी नरम बन्दा उनीहरु विदेश भाग्न सफल भइसकेका छन् । 

सीआईबीको छानविन चलिरहँदा एनसेलका सञ्चालक र उच्च अधिकारी कसरी विदेश भागे ? सीआईबीको छानविन चलिरहँदा एनसेलका सञ्चालक र उच्च अधिकारी कसरी विदेश भागे ?

सञ्चालकहरू शतिसलाल आचार्य, सचिनलाल आचार्यसहित सिइओ माइकल फोले, चिफ फाइनान्सियल अफिसर इनामुल कबिर लगायत विदेश भागिसकेका छन् ।

यती गम्भीर घटनामा किन उनीहरुको विदेश भ्रमण प्रहरीबाट रोक लगाइएन भन्ने प्रश्न समेत उठेको छ । मुद्दाबाट जोगिन उनीहरुले बैंकलाई पत्र लेखेर लिलामवापतको चार अर्ब ६० करोड रुपैयाँ फिर्ता गर्न भनेका छन् ।

जबकी विगतमा दुरसञ्चार प्राधिकरणले बारम्बार सो लिलाम प्रक्रिया रोक्न भन्दा उनीहरुकै सेटिङमा लिलाम भएको थियो । दुई वटा डमी कम्पनीहरु खडा गरी एनसेलले लिलाम सकारेको थियो।

यसमा ठुलो कमिसनको खेल भएको र उच्च सरकारी अधिकारीलाई समेत एनसेलका सञ्चालकले प्रभावमा पारेको आरोप लागेको छ । 

फर्जी कम्पनी खडा गरेर स्मार्टको उपकरण लिलामी, एनसेल र इन्भेष्टमेन्ट बैकको पूर्ण मिलेमतो ! फर्जी कम्पनी खडा गरेर स्मार्टको उपकरण लिलामी, एनसेल र इन्भेष्टमेन्ट बैकको पूर्ण मिलेमतो !

एनसेल र स्मार्ट टेलिकमका सञ्चालक आचार्य दाजुभाई हुन्। उनीहरुले सरकारलाई दस्तुर तिर्न नसकेपति तीन वर्षअघि अनुमतिपत्र खारेज गरी सम्पत्ति सरकारको नाममा ल्याइएको थियो ।

तर, पछि सम्पत्ति हत्याउन फर्जी लिलामी प्रक्रिया अघि बढाई सरकारी सम्पत्ति एनसेलले हत्याएको थियो । चार अर्ब ६० करोड रुपैयाँमा ती सम्पत्ति एनसेलले लिएको थियो ।

स्मार्ट टेलिकमको घोटालामा एनसेलसहित वहालवाला र पूर्वगभर्नरको पनि मिलेमतो ! स्मार्ट टेलिकमको घोटालामा एनसेलसहित वहालवाला र पूर्वगभर्नरको पनि मिलेमतो !

यसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको समेत मिलेमतो रहेको भन्दै सो बैंकका सिइओ ज्योतीप्रकाश पाण्डेलाई समेत सिआइबीले पक्राउ गरी बयान लिइसकेको छ । 

बैंकका सिइओ पक्राउ पर्दा एनसेलका कुनै पनि व्यक्ति पक्राउ परेका छैनन् । सिआइबी कतै एनसेलको प्रभावमा परेको त होइन भन्ने प्रश्न उठेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077