काठमाडौं । स्मार्ट टेलिकमको लिलाम प्रकरणमा छानबिनमा तानिएको एनसेलका सञ्चालक र उच्च अधिकारी भूमिगत भएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानलाई तिव्रता दिएपछि मुख्य सञ्चालक शतिसलाल आचार्यसहितका अधिकारी कार्यालय विदेश भागिसकेका छन् ।
स्रोतका अनुसार एसनेल आजियताका सिइओ माइकर फोले पक्राउको डरले बिदा लिएर विदेश पुगिसकेका छन् । उनी अब नेपाल फर्कने वा नफर्कने अनिश्चित रहेको एनसेल स्रोतले बताएको छ।
सीआईबीले उनलाई निगरानीमा राखिरहेको थियो । त्यस्तै, चिफ फाइनान्स अफिसर इनामुल कबिर, चिफ बिजनेश अफिसर साल्भाडार एन्टोनियो, चिफ बिजनेश कन्जुमर अफिसर उपंग दत्त, चिफ ह्युमन रिसोर्स अफिसर अफ्रिन हुदा लगायत पनि विदेश भागिसकेको एनसेलका एक उच्च अधिकारीले अनलाइन नेपालसँग बताए। ।
सञ्चालकद्वय सतिशलाल र उनका भाइ सचिनलाल सिंगापुरमा रहेको बताइएको छ । सीआईबीले गत साता एनसेलको केन्द्रीय कार्यालयमा छापा हानेर स्मार्ट सेलको लिलामसम्बन्धि कागजपत्र बरामद गरिसकेको छ ।
सञ्चालक र सिइओ नै पक्राउ पर्ने भएपछि एनसेलले बैंकसँग फिर्ता माग्यो ४ अर्ब ६० करोड !
यस प्रकरणमा सीआईबीले इन्भेष्टमेन्ट बैंक मेगाकै सिइओ ज्योती प्रकाश पाण्डेलाई भने पक्राउ गरिसकेको थियो। तर, एनसेलका कोही पनि अधिकारी अहिलेसम्म पक्राउ नपर्नु र उच्च अधिकारी भूमिगत हुनले सीआईबीमाथि समेत प्रश्न उठेको छ।
यो लिलामीमा सबैतिर सेटिङ मिलाउने एनसेलका सञ्चालक सचिनलाल र कागजातमा हस्ताक्षर गर्ने सीएफओ इनामुल कबिर छानविन चलिरहँदा कसरी विदेश पुगे भन्ने गम्भीर प्रश्न उठेको छ।
सचिनलालको तर्फबाट बिचौलिया बनेर राज्यका निकायहरुमा सेटिङ मिलाउने चिफ लिगल तथा कर्पोरेट अफिसर डिल्लीराम श्रेष्ठ पनि छानविनमा तानिएका छन् । उनी बोटलर्स नेपालमा छँदा विवादास्पद निर्णयहरु गरेर बदनामी कमाएका थिए ।
त्यो त एनसेलले सो लिलामबाट पछि हट्ने संकेत दिइसककेो छ। गत बैशाख २९ गते इन्भेष्टमेन्ट बैंकलाई पत्र लेख्दै लिलामका उपकरणको स्वामित्व हस्तान्तरण नगर्ने हो भने आफुहरुले लिलामवापत बुझाएको चार अर्ब ६० करोड फिर्ता गर्न भन्दै पत्राचार गरेको थियो। अनुसन्धानलाई प्रभावित पार्नकै लागि सो पत्र लेखिएको देखिन्छ ।
स्मार्ट टेलिकम र एनसेल दुवैका सञ्चालक आचार्य दाजुभाई नै हुनु । सतिशलालले आफु बाहिरिने भएपछि आफन्त सर्वेश जोशीलाई स्वामित्व बेचेका थिए।
पछि कम्पनीले राजश्व तिर्न नसकेपछि २०८० सालको बैशाखमै लाइसेन्स खारेज भएको थियो। लाइसेन्स खारेज भएपछि कम्पनीका सबै सम्पत्ति सरकारको नाममा आउनुपर्नेमा पछि लिलामार्फत पाँच अर्ब बढीको उपकरण एनसेललाई दिइएको थियो।
यसमा ठूलो नीतिगत चलखेलको आरोप लाग्दै आएको छ। जसमा सीआईबीले स्मार्ट टेलिकमका तत्कालीन सञ्चालक चार जनालाई पक्राउ गरिसकेको छ। इन्भेष्टमेन्ट बैंकका सिइओ पाण्डे सर्वोच्च अदालतको आदेशमा छुटेका छन् ।