Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

भागबन्डा होइन, निष्पक्ष महाधिवेशन चाहिएको हो : प्रकाशशरण महत

भागबन्डा होइन, निष्पक्ष महाधिवेशन चाहिएको हो : प्रकाशशरण महत

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र आफूहरू भागबन्डाको राजनीति नभई आगामी १५ औँ महाधिवेशनको निष्पक्षता र सुनिश्चितताका लागि मात्रै आवाज उठाइरहेको स्पष्ट पारेका छन् ।

बिहीबार बिहान बाँसबारीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै महतले पार्टीभित्र देखिएको विवादलाई गलत रूपमा व्याख्या गरिएको दाबी गरे । उनले आफूहरूको मुख्य जोड पार्टीलाई एकताबद्ध र पारदर्शी प्रक्रियामार्फत अगाडि बढाउनु रहेको बताए ।

महतका अनुसार महाधिवेशनका लागि एक स्पष्ट संयन्त्र बनाएर अगाडि बढे मात्र प्रक्रिया निष्पक्ष र विश्वसनीय हुने उनले बताए। सदस्यता व्यवस्थापन र डिजिटल प्रणालीका विषयमा समेत आफूहरूको कुनै आपत्ति नभएको उनले स्पष्ट पारे।

उनले भने, “पहिले सदस्यता नवीकरण गरेका साथीहरूलाई डिजिटल प्रणालीमा लैजानुमा हाम्रो आपत्ति छैन। तर, पहिले नै नवीकरण गरिसकेकालाई प्रक्रियाबाट बाहिर निकाल्ने काम हुनु हुँदैन।”

महतले लामो समयदेखि पार्टीमा सक्रिय रहेका कार्यकर्तालाई प्रक्रियागत त्रुटिका कारण “गाडीबाट निकाल्ने” जस्तो व्यवहार गर्न नहुने भन्दै नेतृत्वलाई सावधानी अपनाउन आग्रह गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077