Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

प्रधानमन्त्री बालेनले किन दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई ?

प्रधानमन्त्री बालेनले किन दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई ?

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको लोकतान्त्रिक इतिहासमा लगातार सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री रहने कीर्तिमान कायम गरेका छन् ।

यस उपलब्धिपछि नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्स ह्यान्डलमार्फत जारी सन्देशमा प्रधानमन्त्री मोदीको स्वास्थ्य, सुखद भविष्य तथा भारतीय जनताको निरन्तर प्रगति र समृद्धिको कामना गरिएको छ। साथै नेपाल–भारत सम्बन्धलाई अत्यन्त महत्त्वपूर्ण ठान्दै त्यसलाई अझ सुदृढ बनाउन नेपाल प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

प्रधानमन्त्री मोदीले बुधबार लगातार प्रधानमन्त्री बनेको ४ हजार ३९९ दिन पूरा गर्दै भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुको ६ दशकभन्दा पुरानो रेकर्ड तोडेका हुन्। नेहरूले लगातार ४ हजार ३९८ दिन प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

मोदी पहिलोपटक सन् २०१४ मे २६ मा भारतको प्रधानमन्त्री बनेका थिए। त्यसयता लगातार तेस्रो कार्यकालसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका उनी अब भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म लगातार निर्वाचित प्रधानमन्त्री रहने नेताका रूपमा दर्ज भएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077