एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ । इरान र अमेरिकाबीच बढ्दो तनावकै बीच उनीहरुबीच फोन वार्ता भएको हो ।
भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यसबारे जानकारी दिँदै दुई नेताबीच मध्यपूर्वको पछिल्लो सुरक्षा अवस्थाका विषयमा छलफल भएको बताए ।
राजदूत गोरका अनुसार ट्रम्प र मोदीबीचको कुराकानी मुख्यतः होर्मुज जलडमरुलाई लिएर केन्द्रित थियो ।
विश्वको प्रमुख तेल व्यापार मार्ग मानिने यो जलडमरुलाई इरानले बन्द गर्ने धम्की दिइरहेका बेला दुवै नेताले यसलाई जुनसुकै हालतमा खुला राख्नुपर्ने आवश्यकतामा जोड दिए ।