Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्पको दाबी - इरान–अमेरिका वार्ता रोकिएको छैन, निरन्तर संवाद भइरहेको छ

ट्रम्पको दाबी - इरान–अमेरिका वार्ता रोकिएको छैन, निरन्तर संवाद भइरहेको छ

बुधवार , जेठ २०, २०८३

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अमेरिकाबीचको वार्ता रोकिएको भन्ने समाचारलाई पूर्ण रूपमा असत्य बताएका छन् । उनले दुवै देशबीच पछिल्ला दिनहरूमा निरन्तर संवाद भइरहेको स्पष्ट पारेका छन् ।

मंगलबार राति आफ्नो सामाजिक सञ्जाल  ुट्रुथ सोसलुमामार्फत प्रतिक्रिया दिँदै ट्रम्पले इरानसँगको कूटनीतिक सम्पर्क जारी रहेको बताएका हुन् । उनले वार्ता बन्द भएको भनाइलाई “पूर्णतः झूटो” भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे ।

“केही दिनअघि इरान र अमेरिकाबीचको वार्ता बन्द भएको भन्ने समाचारहरू पूर्ण रूपमा गलत हुन्,” ट्रम्पले लेखेका छन्। “हाम्राबीच चार दिनअघि, तीन दिनअघि, दुई दिनअघि, एक दिनअघि र आज पनि वार्ता भएको छ।”

यद्यपि, जारी संवाद अन्ततः कुन निष्कर्षमा पुग्छ भन्ने विषयमा भने उनले स्पष्टता नभएको स्वीकार गरेका छन्। ट्रम्पका अनुसार उनले इरानलाई अब दीर्घकालीन तनाव अन्त्य गरी कुनै न कुनै सहमतिमा पुग्नुपर्ने सन्देश दिएका छन्।

'मैले इरानलाई भनेको छु— अब सम्झौता गर्ने समय आएको छ। विगत ४७ वर्षदेखि चलिरहेको अवस्था अब यथावत् राख्न सकिँदैन,' उनले उल्लेख गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077