Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

छोराको विवाह समारोहमा सहभागी नहुने ट्रम्पको घोषणा

छोराको विवाह समारोहमा सहभागी नहुने ट्रम्पको घोषणा

शनिवार , जेठ ९, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाह समारोहमा आफू सहभागी नहुने घोषणा गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत प्रतिक्रिया दिँदै पारिवारिक कार्यक्रमभन्दा सरकारी जिम्मेवारी र राष्ट्रप्रतिको कर्तव्यलाई प्राथमिकता दिनुपर्ने भएकाले विवाहमा उपस्थित हुन नसक्ने बताएका हुन् ।

उनले लेखेका छन्, 'सरकारसँग सम्बन्धित परिस्थिति र संयुक्त राज्य अमेरिकाप्रतिको मेरो प्रेमले मलाई त्यहाँ रहन बाध्य बनाएको छ । यस महत्वपूर्ण समयमा वासिङ्टन डीसीस्थित ह्वाइट हाउसमा रहनु आवश्यक छ ।'

उनका अनुसार विवाह समारोह फ्लोरिडाको पाम बीचकी सामाजिक व्यक्तित्व बेटिना एन्डरसनसँग हुने तयारीमा छ । सीएनएनका अनुसार डोनाल्ड ट्रम्प जुनियर र एन्डरसनले बहामासको एक सानो टापुमा दुई दिन लामो विवाह समारोह आयोजना गरेका छन् ।

विवाह इजाजतपत्रका विवरणअनुसार यो जोडीले कानुनी रूपमा भने पहिले नै विवाह दर्ता गरिसकेको जनाइएको छ । समारोहलाई निजी रूपमा पारिवारिक र नजिकका व्यक्तिहरूको उपस्थितिमा सीमित गरिएको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077