Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

मोदी बने लगातार लामो समय काम गर्ने निर्वाचित प्रधानमन्त्री, नेहरूको रेकर्ड भंग

मोदी बने लगातार लामो समय काम गर्ने निर्वाचित प्रधानमन्त्री, नेहरूको रेकर्ड भंग

बुधवार , जेठ २७, २०८३

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगातार सबैभन्दा लामो समय सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनेका छन् । यस ऐतिहासिक उपलब्धिसँगै उनले भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको दशकौँ पुरानो रेकर्ड तोडेका छन् ।

प्रधानमन्त्री मोदीले लगातार आमनिर्वाचन जितेर प्रधानमन्त्रीका रूपमा ४,३९९ दिन पूरा गरेका छन् । यसअघि नेहरू लगातार ४,३९८ दिन निर्वाचित प्रधानमन्त्रीका रूपमा पदमा रहेका थिए। मोदीको कार्यकाल अझै जारी रहेकाले यो कीर्तिमान थप लम्बिने निश्चित देखिएको छ।

मोदीको उपलब्धिप्रति सम्मान व्यक्त गर्दै भारत सरकारको मन्त्रिपरिषद्ले विशेष प्रस्ताव पारित गरेको छ। मन्त्रिमण्डल बैठकमा सहभागी मन्त्रीहरूले उभिएर ताली बजाउँदै प्रधानमन्त्री मोदीलाई बधाई दिएका थिए।

यद्यपि कुल कार्यकालको हिसाबमा भने नेहरू अझै अगाडि छन्। सन् १९४७ देखि १९५२ सम्म निर्वाचन नहुँदाको अन्तरिम सरकारको अवधि समेत जोड्दा नेहरूको प्रधानमन्त्रीकाल ६,१३१ दिन पुग्छ। तर निर्वाचन जितेर लगातार सत्तामा रहने मामिलामा मोदीले नयाँ इतिहास रचेका छन्।

यसैबीच, गुजरातका मुख्यमन्त्रीदेखि भारतको प्रधानमन्त्रीसम्मको यात्रालाई जोड्दा मोदी ९,००० दिनभन्दा बढी समय लगातार सत्ता प्रमुखको भूमिकामा रहने दुर्लभ रेकर्डका धनीसमेत बनेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077