Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सदनको अवरोध हटाउन सभामुखले थाले विपक्षीसँग छलफल, रविसँग मिलेन कुरा

सदनको अवरोध हटाउन सभामुखले थाले विपक्षीसँग छलफल, रविसँग मिलेन कुरा

बुधवार , जेठ २७, २०८३

काठमाडौं। प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख डीपी अर्यालले विपक्षी दलका नेताहरूसँग छलफल थालेका छन्।

सभामुखले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा विपक्षी दलसंग छलफल थालेका हुन् ।

जारी छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, एमालेका प्रमुख सचेतक ऐन महर र नेकपाका सांसद वर्षमान पुनलगायत सहभागी छन्।

यसअघि गतिरोध अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरूबीच करिब २ घण्टा बढी छलफल भएको थियो । 

छलफलमा विपक्षी दलका नेताहरूले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको लिखित रूपमा परराष्ट्रमन्त्रीले जवाफ दिए संसद्को अवरोध हटाउन आफूहरू तयार रहेको बताएका थिए । 

तर,सभापति लामिछानेले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले सदनलाई जवाफ दिने प्रस्ताव राखेका थिए। तर, विपक्षी दल उक्त प्रस्तावमा सहमत भएनन्।

जसका कारण आज ११ बजेलाई बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी २ सम्मका लागि सारिएको थियो। २ बजेको लागि सारिएको हालसम्म सुरु हुन सकेको छैन ।

जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको भूमी मिचेको अभिव्यक्ति दिएसँगै विपक्षीहरुले त्यसबारे धारणा माग गरिरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077