Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

परराष्ट्रमन्त्री खनालले भने- लिपुलेक नेपालीको भुमि हो, प्रधानमन्त्रीको अभिव्यक्ति दशगजासँग सम्बन्धित छ

परराष्ट्रमन्त्री खनालले भने- लिपुलेक नेपालीको भुमि हो, प्रधानमन्त्रीको अभिव्यक्ति दशगजासँग सम्बन्धित छ

बुधवार , जेठ २७, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले दिएको सीमासम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्टीकरण दिएका छन्। 

बुधबारको प्रतिनिधि सभा बैठकमा परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका बारेमा मन्त्रीले प्रष्टीकरण दिएका हुन् । 

खनालले भने- 'प्रधानमन्त्रीज्यूको अभिव्यक्ति दशगजा अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ । जहाँ एक देशका नागरिकले अर्को देशको जग्गामा खेतीपाती र बसोबास गरिरहेको अवस्था छ । यसको समाधानका लागि नेपाल इन्डिया बाउन्ड्री वर्किङ ग्रुपले म्यापिङको काम गरिरहेको छ ।'

यही जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले समेत भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्ति सच्चाउनु पर्ने मागसहित विपक्षी दलले निरन्तर संसदमा अवरोध गर्न थालेपछि प्रधानमन्त्रीको साटो परराष्ट्रमन्त्री स्पष्टीकरण दिएका हुन्। 

यसैगरी लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको उनले दोहोर्‍याए । 

यस्तै प्रधानमन्त्रीले १८१६ को सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिकाबारे दिएको अभिव्यक्तिका बारेमा प्रष्टीकरण दिँदै मन्त्रीले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीहरूका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरिएकोे जानकारी गराए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077