काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले फेरी विरोध जनाएका छन् ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिला गरि सुरु भएको थियो । तर विपक्षी दलहरुको विरोधपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो ।
त्यसपछि सभामुख र विपक्षी दलहरुबीच एक घण्टाभन्दा बढी समय छलफल भएको थियो ।
फेरी बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदहरुले आफ्नो सीटमा उभिएर प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा बोलेको विषय संसद्को रेकर्डबाट हटाउन माग गर्दै विरोध गरिरहेका छन् ।