Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विपक्षीलाई सभामुखको व्यंग्यात्मक जवाफ- प्रधानमन्त्री सदन चलेकै दिन आउनुहुन्छ

विपक्षीलाई सभामुखको व्यंग्यात्मक जवाफ- प्रधानमन्त्री सदन चलेकै दिन आउनुहुन्छ

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह सदनमा आउने मितिसहित रुलिङ माग गरेका विपक्षीलाई सभामुखले व्यंग्यात्मक जवाफ दिएका छन् ।

विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति र संसद्लाई सम्बोधन खोजिरहेका बेला सभामुख डीपी अर्यालले यस्तो बताएका हुन् ।

'माननीय सदस्यहरूले मिति माग्नुभएको छ, डेट, समय । सदन चलेकै दिन आउनुहुन्छ सम्माननीय प्रधानमन्त्रीज्यू । म सदन चलेकै दिन सम्मानीयज्यूलाई बोलाउँछु,' सभामुखले भने ।

उनले प्रधानमन्त्रीले छिट्टै आउने भनेकाले आफूले सोहीअनुसार जानकारी गराएको बताए । मिति प्राप्त भएपछि सार्वजनिक गर्ने सभामुखको भनाइ छ ।

संसद नियमावलीमा संसद सञ्चालन रहेको अवस्थामा पहिलो साता प्रधानमन्त्री र सांसदहरुबीच प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था छ ।

विपक्षीले सोही माग राखेर संसद अवरुद्ध गर्दै आएका छन् । केही दिनअघि चार विपक्षी दलका प्रमुख सचेतकको अनौपचारिक बैठकले प्रधानमन्त्री नआए मंगलबारको बैठक पनि अवरुद्ध गर्ने चेतावनी दिएका थिए ।

आकस्मिक समय, विशेष समय र शून्य समयको कार्यक्रम सकिँदासम्म प्रधानमन्त्री प्रश्नोत्तरमा आउने जानकारी सत्तापक्षले नदिए आजको बैठक पनि विपक्षीहरुले अवरुद्ध गरेका थिए । 

अवरोधपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

त्यसपछि रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा प्रमुख सचेतकबीच सिंहदरबारमा अनौपचारिक छलफल भएको थियो।

प्रधानमन्त्री आउने दिनसम्मका लागि संसद् बैठकमा विरोध नगर्ने दुवै पक्षबीचको सहमतिपछि अहिले सदनको काम कारबाही अघि बढेको छ।

प्रतिनिधिसभाको बैठक दुई सातादेखि नियमावलीको व्यवस्थाबमोजिम प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै अवरुद्ध भइरहेको छ । अवरोधमा नै सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा वैकाल्पिक विकास वित्त व्यवस्थापन विधेयक प्रतिनिधिसभाबाट पारित भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077