Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित

प्रतिनिधिसभा बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित

सोमवार , जेठ १८, २०८३

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिला गरि सुरु भएको थियो । तर विपक्षी दलहरुको विरोधपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो । 

त्यसपछि सभामुख र विपक्षी दलहरुबीच एक घण्टाभन्दा बढी समय छलफल भएको थियो । 

फेरी बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदहरुले आफ्नो सीटमा उभिएर  प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा बोलेको विषय संसद्को रेकर्डबाट हटाउन माग गर्दै विरोध गरिरहेका थिए ।

विपक्षी दलको निरन्तर विरोधपछि बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो ।

यसअघि राष्ट्रियसभाको बैठक पनि प्रधानमन्त्री वालेन्द्र शाह बालेनको अभिव्यक्तिप्रति आपत्ति जनाएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि मंगलबार ११ बजे बस्ने गरी स्थगित गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077