Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ढिलोगरी सुरु भयो प्रतिनिधिसभा बैठक, विपक्षीहरुको विरोध कायमै

ढिलोगरी सुरु भयो प्रतिनिधिसभा बैठक, विपक्षीहरुको विरोध कायमै

सोमवार , जेठ १८, २०८३

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नमा विलम्ब गरी सुरु भएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे दुई बजे मात्रै सुरु भएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू छलफल जुटेका थिए यसकारण प्रतिनिधिसभाको बैठक बस्नमा ढिलाइ भएको हो ।

 बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदहरुले आफ्नो सीटमा उभिएर उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा बोलेको विषय संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। 

आइतबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको’ अभिव्यक्ति दिएका थिए। त्यसलाई हटाउन माग गर्दै विपक्षीले विरोध जनाएका छन्।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्य सहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । आज नै आर्थिक वर्ष २०८३/८४ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची पनि छ ।

कार्यसूचीमा बैठक प्रवेश गर्नु अगाडि आकस्म्कि समय, शून्य समय र विशेष लसमय चलाउने अभ्यास छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077