Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

अमेरिकाद्वारा इरानमाथि आक्रमण, हेलिकोप्टर खसालेपछि ट्रम्प आक्रोशित

अमेरिकाद्वारा इरानमाथि आक्रमण, हेलिकोप्टर खसालेपछि ट्रम्प आक्रोशित

बुधवार , जेठ २७, २०८३

एजेन्सी । अमेरिकाले इरानमाथि आक्रमण गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमाथि इरानले अमेरिकी हेलिकोप्टर खसालेको आरोप लगाउँदै अमेरिकी सेनाले उक्त घटनाको जवाफस्वरूप इरानमाथि आक्रमण गरेको हो ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार हेलिकोप्टर खसालिएको घटनाको प्रतिक्रियास्वरूप मंगलबार आक्रमण सुरु गरिएको छ ।

सेन्टकमले विज्ञप्तिमा भनेको छ, “यो मिसन इरानको अनुचित आक्रामकताविरुद्ध गरिएको एक प्रतिक्रिया हो ।”

पर्सियन गल्फको तटीय क्षेत्र तथा स्ट्रेट अफ होर्मुज आसपासका क्षेत्रमा विस्फोट भएको विवरण प्राप्त भएको बीबीसीले जनाएको छ ।

दुर्घटनाग्रस्त अमेरिकी ‘अपाचे हेलिकोप्टर’का दुई चालक दलका सदस्यलाई एक अमेरिकी ‘सी ड्रोन’ले सुरक्षित रूपमा उद्धार गरेको सेन्टकमले जनाएको छ ।

“त्यहाँ दुईजना पाइलट संलग्न थिए । दुवैजना सुरक्षित छन्,” ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “तैपनि, अमेरिकाले आवश्यकताअनुसार यस आक्रमणको जवाफ दिनैपर्छ ।”

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077