Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

लेबनानमा इजरायली आक्रमण तीव्र, टायरमा २९ जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण तीव्र, टायरमा २९ जनाको मृत्यु

बुधवार , जेठ २७, २०८३

एजेन्सी । इजरायलले लेबनानमा इरान समर्थित संगठन हिजबुल्लाहविरुद्ध सैन्य कारबाहीलाई निरन्तरता दिएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार दक्षिणी लेबनानको टायर सहरमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा २९ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले हेजबुल्लाहका सैन्य संरचना र लडाकुहरूलाई लक्षित गरी आक्रमण जारी राखेको जनाएको छ। यता हिजबुल्लाहले सोमबार राति दक्षिणी लेबनानमा अगाडि बढिरहेका इजरायली सैनिकमाथि रकेट आक्रमण गरेको दाबी गरेको छ।

मार्च महिनादेखि चर्किएको द्वन्द्वमा हालसम्म लेबनानमा ३ हजार ६६६ जनाको ज्यान गइसकेको बताइएको छ। निरन्तर बमबारी र भिडन्तका कारण हजारौं सर्वसाधारण विस्थापित भएका छन् भने क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ।

यसैबीच इरानी सञ्चारमाध्यमहरूले सोमबार इजरायली आक्रमणमा इरानको वायुसेनाका दुई कर्मचारी मारिएको जनाएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077