Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सी जिनपिङ र किम जोङबीच थप सहकार्य विस्तार गर्ने सहमति

सी जिनपिङ र किम जोङबीच थप सहकार्य विस्तार गर्ने सहमति

मंगलवार , जेठ २६, २०८३

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ र उत्तर कोरियाली नेता किम जोङ बीच विविध क्षेत्रमा थप सहकार्य विस्तार गर्ने सहमति भएको छ ।

किम जोङ र सी जिनपिङबीच प्योङयाङमा भएको शिखर वार्तामा राजनीति, अर्थतन्त्र र संस्कृतिका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी ९केसीएनए० ले मंगलबार सो जानकारी दिएको हो ।

राष्ट्रपति सि दुईदिने राजकीय भ्रमणका लागि सात वर्षपछि सोमबार उत्तर कोरिया पुगेका थिए । राष्ट्रपति सीलाई विमानस्थलमा किम जोङ र उनकी पत्नी री सोल जुले भव्य गरेका थिए ।

केही साताअघि सिले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई छुट्टाछुट्टै आतिथ्यता दिएका थिए ।

विश्लेषकहरूका अनुसार चीनले आफूलाई विश्व राजनीतिमा प्रभावशाली शक्ति र मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका बेला यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ । भ्रमणअघि उत्तर कोरियाली सञ्चारमाध्यमलाई पठाएको सन्देशमा सी जिनपिङले चीन र उत्तर कोरियाबीचको परम्परागत मित्रता समय र अन्तर्राष्ट्रिय परिस्थितिको परिवर्तनसँगै अझ मजबुत बनेको बताएका थिए ।

हालका वर्षहरूमा उत्तर कोरिया र रुसबीच सम्बन्ध नजिकिँदै गए पनि चीन उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण आर्थिक सहयोगी र कूटनीतिक साझेदार रहेको सन्देश दिन बेइजिङले यो भ्रमणलाई उपयोग गरेको विश्लेषण गरिएको छ ।

राष्ट्रपति सी र नेता किम जोङको रणनीतिक नेतृत्वमा चीन(उत्तर कोरिया सम्बन्ध निरन्तर सुदृढ र स्थिर रूपमा अघि बढिरहेको छ । 

यस वर्ष चीन र उत्तर कोरियाबीच भएको मैत्री, सहयोग तथा पारस्परिक सहायता सन्धिको ६५औँ वार्षिकोत्सव समेत परेकाले पनि भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। 

एक वर्षअघि मात्र चीनले दोस्रो विश्वयुद्धको क्रममा जापानले मित्रराष्ट्रहरूसमक्ष बिना सर्त आत्मसमर्पण गरेको ८० वर्ष पूरा भएको अवसरमा आयोजना गरेको विशाल सैन्य परेडका क्रममा बेइजिङमा यी दुई नेताको भेट भएको थियो । 

यसैबीच मंगलबार सीले प्योङयाङस्थित सिनो कोरियन फ्रेन्डसिप टावर भ्रमण गरेका थिए । यो स्मारक कोरियाली युद्धमा ज्यान गुमाएका चिनियाँ सैनिकहरूको सम्झनामा निर्माण गरिएको थियो ।

यसै क्रममा सीले अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीनले चीन–उत्तर कोरियाबीचको परम्परागत मित्रतालाई उच्च महत्त्व दिने आफ्नो अडान नबदल्ने, किमको नेतृत्वमा उत्तर कोरियाको समाजवादी अभियानलाई समर्थन गरिरहने र दुवै देशका साझा हित तथा अनुकूल रणनीतिक वातावरणको संरक्षणमा प्रतिबद्ध रहने स्पष्ट पारेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077