Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायली हमलामा लेबनानमा १३ जनाको मृत्यु

इजरायली हमलामा लेबनानमा १३ जनाको मृत्यु

आइतवार , बैशाख २०, २०८३

एजेन्सी । लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ, जसमा चार महिला र एक बच्चा समेत रहेका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार नबातिया जिल्लाको हबुस क्षेत्रमा भएको आक्रमणमा दुई महिला र एक बालकसहित आठ जनाको ज्यान गएको छ। आक्रमणअघि इजरायली रक्षा बल ले सो क्षेत्र खाली गर्न चेतावनी दिएको थियो ।

त्यसैगरी, सिडोन जिल्लाको जरेरिया क्षेत्रमा दुई महिलासहित चार जनाको मृत्यु भएको छ भने टायर जिल्लाको ऐन बालमा एक पुरुषको ज्यान गएको छ।

आक्रमणमा कम्तीमा ३२ जना घाइते भएका छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

तीन हप्तासम्म युद्धविराम लम्ब्याइए पनि हेज्बुल्लाह र इजरायलबीचको द्वन्द्व रोकिएको छैन। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077