Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

मतदाता नामावली विवादपछि रास्वपा बागमती प्रदेश निर्वाचन स्थगित

मतदाता नामावली विवादपछि रास्वपा बागमती प्रदेश निर्वाचन स्थगित

बुधवार , जेठ २७, २०८३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश अधिवेशन स्थगित भएको छ। 

मंगलबार उद्घाटन गरिएको अधिवेशन आज निर्वाचन प्रक्रियामा देखिएको विवादका कारण स्थगित गरिएको हो । मतदानका लागि छापिएको मतपत्रमा एक प्रत्याशी सदस्यको नाम छुटेको पाइएपछि विवाद उत्पन्न भएको थियो ।

विवाद चर्किएपछि अधिवेशन स्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । आज पनि मतदान प्रक्रिया ढिलाइ भएपछि प्रतिनिधिहरू स्थल छोडेर बाहिरिएका थिए ।

करिब ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्न प्रक्रिया रोकिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । 

साथै आयोगले मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न लागिएको बताएको छ ।

अब निर्वाचनको नयाँ कार्यतालिका निर्वाचन समितिको आगामी सूचनापछि मात्र स्पष्ट हुने भएको छ।

बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति अचुतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्य प्रतिस्पर्धामा छन्।

यसअघि पनि रास्वपाले नेतृत्व चयनको विषयलाई लिएर मधेश प्रदेशअन्तर्गत विभिन्न जिल्लामा विवाद देखिएपछि मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि  स्थगित गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077