Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

अन्तिम पटकका लागि सम्पत्ति विवरण बुझाउने म्याद एक महिना थपियो, ओलीले के गर्लान ?

अन्तिम पटकका लागि सम्पत्ति विवरण बुझाउने म्याद एक महिना थपियो, ओलीले के गर्लान ?

बुधवार , जेठ २७, २०८३

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समय अन्तिम पटकका लागि भन्दै एक महिना थप गरेको छ। 

आयोगले २०६३ सालदेखि २०८२ चैतसम्म सार्वजनिक उच्च पदमा रहेका, राजनीतिक दल, सेवानिवृत भएका, पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा रहेको सम्पत्ति विवरण बुझाउन जेठ मसान्तसम्म समय दिइएको थियो। 

तर, तोकिएको समयमा भनेजस्तो विवरण नभरिएपछि आयोगले असार मसान्तसम्म म्याद थप गरेको जनाएको छ । आयोगका अनुसार सम्पत्ति विवरण बुझाउने म्याद अन्तिम पटकका लागि थपेर असार मसान्त पुर्‍याइएको छ । 

वैशाख २ गते प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पूर्वमुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेको पाँच सदस्यीय सम्पत्ति छानबिन आयोग गठन गरेका थिए। 

केशरमहलमा कार्यालय स्थापना गरेर आयोगले वैशाख ९ गतेदेखि काम थालेको थियो।

आयोगका अनुसार २०६३ यताका सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्न बनेको आयोगमा हालसम्म ४ हजार जनाले मात्रै विवरण बुझाएका छन्।

अहिलेसम्म सर्वोच्च अदालतका न्यायाधीश, पूर्वन्यायाधीश, पूर्वमन्त्रीहरू, सांसद र पूर्व सांसदले सम्पत्ति विवरण भरेका छन्। यस्तै, संवैधानिक निकायका प्रमुख र सदस्य, लोकसेवा आयोगका पूर्वअध्यक्षहरूले पनि सम्पत्ति विवरण बुझाएका छन्।

विवरण बुझाउनेमा सेना र प्रहरीका उच्च तहका अफिसर पनि छन्। केही सरकारी कर्मचारीले पनि विवरण भरेका छन्। 

यद्यपि, सम्पत्ति छानबिन नभएसम्म उनीहरूको नाम सार्वजनिक नगरिने आयोगका पदाधिकारीहरूको भनाइ छ।

तर, पूर्वप्रधानमन्त्री कसैको पनि अहिलेसम्म सम्पत्ति विवरण प्राप्त नभएकाले म्याद थप गरिएको आयोगको भनाई छ । 

यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने सार्वजनिक कार्यक्रममै आफूले सम्पत्ति विवरण नभर्ने बताइसकेका छन् । 

ओलीले गत बुधबार जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएर आफ्नो सम्पती विवरण नबुझाउने स्पष्ट  पारेका थिए । 

एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई सो–कल्डको संज्ञा दिँदै भने–‘त्यस्ता  सो–कल्डआयोगलाई हामी मान्यता दिदैनौं । अरु कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ ।’

अध्यक्ष ओलीले प्रतिशोधका आधारमा हुने कुनैपनि छानबिनमा सहभागी नहुने अडान छ ।

उनले थप भनेका थिए–‘मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले । सम्पत्ति विवरण फेरि चाहियो ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण । खरानी छ, उठाएर लैजा  सरकार । के को सम्पत्ति विवरण ?।’

साथै आफ्नो सम्पत्ति खरानी भइसकेकाले विवरण नभर्ने पनि उनले बताए 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077