Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली भन्छन्- तत्कालीन सरकार ढाल्न जेनजी आन्दोलनको नाममा षड्यन्त्र रचियो

ओली भन्छन्- तत्कालीन सरकार ढाल्न जेनजी आन्दोलनको नाममा षड्यन्त्र रचियो

बुधवार , जेठ २०, २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन तत्कालीन सरकारलाई विस्थापित गर्ने उद्देश्यले रचिएको पूर्वनियोजित षड्यन्त्र भएको आरोप लगाएका छन् ।

बुधबार केन्द्रीय सङ्गठन विभागले काठमाडौंमा आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो भनेका हुन् ।

उनले संवैधानिक र लोकतान्त्रिक प्रक्रियाबाट बलियो तथा जननिर्वाचित बहुमतको सरकारलाई हटाउन नसकेपछि अवैधानिक र आपराधिक बाटो अपनाइएको बताए ।

संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतजस्ता संरचनासहित विभिन्न व्यापारिक प्रतिष्ठानलाई समेत निशाना बनाउन आगजनी, पेट्रोल बम निर्माण तथा प्रज्वलनशील पदार्थ प्रयोगसम्बन्धी तालिम दिइएको, नेताहरूका घर र सम्पत्तिको विवरण गुगलमार्फत सङ्कलन गरिएको तथा देशभर आगलागी गराउने योजना बनाइएको उनको दाबी छ । 

साथै ओलीले लोकप्रिय नेताहरूलाई अलोकप्रिय बनाउन झुटा र बनावटी आरोप लगाउने योजना पनि सोही षड्यन्त्रको हिस्सा रहेको उनको भनाई छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077