Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै केपी ओली

निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै केपी ओली

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएयता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक सार्वजनिक कार्यक्रममार्फत पार्टी गतिविधिमा देखिन लागेका छन्। 

नेकपा एमालेले पार्टीको सदस्यता नवीकरण, विस्तार तथा संगठनात्मक सुदृढीकरणलाई केन्द्रमा राखेर यही जेठ २० र २१ गतेदेखि दुई दिने राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली सहभागी हुन लागेका हुन् । 

कार्यक्रम ​काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष ओलीले गर्ने छन् ।

कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी हुनेछन् ।

पार्टीका प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू, जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू उपस्थित रहने छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077