काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई टेलिफोन गरी हालै सम्पन्न निर्वाचनमा पाएको सफलताको बधाई दिएका छन् ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मार्फत आफ्नो टेलिफोन संवादको जानकारी साझा गर्दै नेपालमा रास्वपाको सानदार जित र दुवै नेताको व्यक्तिगत चुनावी सफलतामा शुभकामना व्यक्त गरेका हुन् ।
मोदीले रास्वपाको नेतृत्वमा बन्ने नयाँ सरकारलाई शुभकामना दिँदै दुई देशको आपसी समृद्धि, प्रगति र भलाइका लागि भारतको प्रतिबद्धता जनाएका छन्।
उनले लेखेका छन्, 'हाम्रो संयुक्त प्रयासबाट आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्धले नयाँ उचाइ लिने कुरामा म पूर्ण रूपमा विश्वस्त छु।'
प्रधानमन्त्री मोदीले आफ्नो पोस्टमा सभापति लामिछाने, वरिष्ठ नेता बालेन शाह र रास्वपा पार्टीको आधिकारिक एक्स ह्यान्डललाई समेत ट्याग गरेका छन्।
