Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोदी र नेतान्याहुबीच टेलिफोन वार्ता, गाजा शान्ति योजनाबारे छलफल

मोदी र नेतान्याहुबीच टेलिफोन वार्ता, गाजा शान्ति योजनाबारे छलफल

बिहिवार , मंसिर २५, २०८२

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच बुधबार टेलिफोन वार्ता भएको छ ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत आफूले नेतन्याहुसँग भारत–इजरायल रणनीतिक साझेदारीको प्रगति, क्षेत्रीय सुरक्षा तथा आतंकवादविरुद्धको साझा प्रतिबद्धता विषयमा विस्तृत छलफल गरेको जानकारी दिएका छन् ।

मोदीले लेखे, 'मैले मेरा साथी प्रधानमन्त्री नेतन्याहुसँग कुरा गरेँ। हामीले रणनीतिक साझेदारीको प्रगतिमाथि समीक्षा गर्‍यौँ र सहयोगलाई अझ मजबुत बनाउने सहमति जनायौँ। आतंकवादप्रति शून्य सहनशीलताको साझा प्रतिबद्धता पुनः दोहोर्‍यायौँ। भारतले दिगो शान्तिका लागि गरिने सबै प्रयासको समर्थन गर्छ।'

प्रधानमन्त्री कार्यालय (पीआईबी)का अनुसार, दुवै नेताले गाजा शान्ति योजनाको प्रारम्भिक कार्यान्वयनबारे पनि चर्चा गरेका छन् ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले एक्समा दुवै नेताबीच आत्मीय र सकारात्मक संवाद भएको उल्लेख गर्दै चाँडै प्रत्यक्ष भेटका लागि पनि सहमति जुटेको पुष्टि गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077