काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा खेलकुद क्षेत्रका अनुभवी व्यक्तित्वलाई जिम्मेवारी दिँदै पूर्व राष्ट्रिय फुटबल गोलकिपर विशाल श्रेष्ठलाई उपाध्यक्ष नियुक्त गरेको छ ।
सरकारको निर्णयअनुसार राखेपमा चारजना नयाँ सदस्य पनि नियुक्त भएका छन् । सदस्यमा पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन, सिक्का सुवाल श्रेष्ठ, पवन शाही र मोनालिसा खम्बू रहेका छन् ।
नेपालको फुटबल इतिहासमा अनुभवी गोलकिपरका रूपमा परिचित विशाल श्रेष्ठले लामो समय राष्ट्रिय टोली तथा विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए।
त्यस्तै शक्ति गौचन नेपाली क्रिकेटका सफल स्पिनरमध्ये एक मानिन्छन् र राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्यका रूपमा परिचित छन्।
राखेप नेपालको खेलकुद क्षेत्रको सर्वोच्च सरकारी निकाय हो।