Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय खेलकुद परिषद्का १९ पदाधिकारीहरु पदमुक्त

राष्ट्रिय खेलकुद परिषद्का १९ पदाधिकारीहरु पदमुक्त

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्का १९ पदाधिकारीहरु पदमुक्त भएका छन्।

सरकारद्वारा सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा बनेको अध्यादेशको दफा (२)को उपदफा (१) बमोजिम मन्त्रिपरिषद्बाट नियुक्त भएका राखेपका पदाधिकारीहरु वैशाख १९ गतेदेखि लागू हुनेगरी स्वतः पदमुक्त भएको युवा तथा खेलकुद मन्त्रालयकी प्रवक्ता मनिता श्रेष्ठले जानकारी दिइन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेसँगै उनीहरु पदमुक्त भएका हुन्।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति खारेज गर्न उक्त अध्यादेश राष्ट्रपति पौडेल समक्ष सिmारिस गरेको थियो ।

यसरी प्रशासनिक तथा सामाजिक क्षेत्र, कृषि, वातावरण, प्रज्ञा प्रतिष्ठान, सामाजिक क्षेत्र, ऊर्जा, पूर्वाधार, वित्तीय र नियमनकारी निकाय, स्वास्थ्य, चिकित्सा र विज्ञान क्षेत्र, शिक्षा तथा विश्वविद्यालय क्षेत्र र सञ्चार, हवाई सेवा र मुद्रण क्षेत्र गरी१,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। सरकारले अब यी रिक्त पदहरूमा नयाँ नियुक्ति प्रक्रिया चाँडै अगाडि बढाउने तयारी गरेको छ।

यी हुन पदमुक्त हुने पदाधिकारीहरु 

v.jpg

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077