Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एसियाली खेलकुद छनोट च्याम्पियनको उपाधि नेपाललाई, हङकङ १९ रनले पराजित

एसियाली खेलकुद छनोट च्याम्पियनको उपाधि नेपाललाई, हङकङ १९ रनले पराजित

सोमवार , जेठ २५, २०८३

काठमाडौं। सिंगापुरमा सम्पन्न एसियाली खेलकुद छनोटको फाइनलमा नेपालले हङकङलाई पराजित गर्दै च्याम्पियन बनेको छ ।

फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार १९ रनले हराएको हो। 

नेपालले १८९ रनको लक्ष्य पाएको थियो। तर, वर्षाले प्रभावित भएको खेलमा ११.३ ओभरमा २ विकेट गुमाएर नेपालले ११४ रन जोडेको थियो। त्यसपछि डीएलएस मेथडमा नेपाल विजयी बनेको हो।

नेपालका लागि कुशल भुर्तेलले ४० बलमा ६५ रनको योगदान दिए। उनले ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै, रोहित पौडेल २४ बलमा ३५ रनमा नटआउट रहे।

बलिङतर्फ हङकङका आयुष शुक्ला र मोहम्मद घजानफारले एक(एक विकेट लिए।

त्यसअघि सिंगापुरस्थित सिंगा ओभल मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन जोड्यो। उसका लागि अंशुमान रथले सर्वाधिक ८० रनको योगदान दिए।

यस्तै, शाहिद वसिफले ५५ तथा शिव माथुरले २६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका शेर मल्लले चार विकेट लिँदा करण केसीले दुई तथा सन्दीप लामिछानेले एक विकेट लिए।

२० औं एसियाली खेलकुद सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा हुँदैछ ।

जसका लागि दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा समूह ए बाट नेपाल र मलेसिया तथा समूह बी बाट हङकङ र ओमान एसियन गेम्सका लागि छनोट भैसकेका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077