Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आईजीपी कार्कीले भने - देशभर २६३ प्रहरी चौकी जीर्ण, पुनर्निर्माणका लागि बजेट छैन

आईजीपी कार्कीले भने - देशभर २६३ प्रहरी चौकी जीर्ण, पुनर्निर्माणका लागि बजेट छैन

सोमवार , जेठ २५, २०८३

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको खुलासा गरेका छन् ।

उनले कतिपय सीमावर्ती तथा संवेदनशील क्षेत्रका प्रहरी चौकीहरू भत्किने अवस्थामा पुगेको भन्दै प्रहरी कर्मचारीहरू जोखिमपूर्ण संरचनामै काम गर्न बाध्य रहेको बताएका हुन् ।

राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आईजीपी कार्कीले जीर्ण चौकी पुनर्निर्माणका लागि पर्याप्त बजेटको अभाव रहेको बताए ।

उनले चौकीको अवस्था यति कमजोर भइसकेको उल्लेख गरे कि ‘चौकी नै लडेर कुनै दुर्घटना होला कि’ भन्ने चिन्ता समेत बढेको बताए।

उनका अनुसार हाल देशभर २६३ स्थायी प्रहरी चौकी जीर्ण छन् भने अस्थायी प्रहरी चौकीहरूको वास्तविक अवस्था र संख्या समेत यकिन नभएको अवस्था छ।

उनले संघीय मामिला तथा स्थानीय तहसँगको समन्वयमा जीर्ण चौकीहरूको पुनर्निर्माण हुन सके प्रहरी कर्मचारीहरूले ड्युटीपछि न्यूनतम मानवीय सुविधा पाउने वातावरण बन्ने विश्वास व्यक्त गरे।

“सीमावर्ती र संवेदनशील क्षेत्रका चौकीहरू समेत भत्किने अवस्थामा छन्। दिनभर सुरक्षा जिम्मेवारी निभाएका प्रहरीहरू बेलुकी सामान्य नागरिकसरह सुरक्षित र सहज रूपमा बस्न पाउने अवस्था समेत छैन,” कार्कीले भने।

आईजीपी कार्कीले आवश्यकता र संवेदनशीलताका आधारमा अस्थायी प्रहरी चौकी स्थापना तथा प्रहरी परिचालन गरिँदै आएको जानकारी दिँदै अत्यावश्यक स्थानहरूमा तत्काल सुरक्षा व्यवस्था मिलाइने गरेको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077