Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जेलमा रहेका महेन्द्र ‘भोटे’ ५ लाख धरौटीमा रिहा, १७ करोड बिगो तिर्ने बाचा

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जेलमा रहेका महेन्द्र ‘भोटे’ ५ लाख धरौटीमा रिहा, १७ करोड बिगो तिर्ने बाचा

आइतवार , जेठ २४, २०८३

पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका महेन्द्र भनिने शिवबहादुर गुरुङ (भोटे) पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्वासेले शुक्रबार सुनुवाइ गर्दै गुरुङलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । आदेशपछि उनले धरौटी बुझाएर थुनामुक्त भएका छन् ।

गुरुङले गत माघ २३ गते साधारण तारेख वा धरौटीमा रिहा गरी मुद्दाको पुर्पक्ष गर्न पाऊँ भन्दै अदालतमा निवेदन दिएका थिए। यसअघि उनले पुस २ गते सम्पत्ति रोक्का फुकुवा वा बदर गरिपाऊँ भन्ने अर्को निवेदन समेत दर्ता गरेका थिए।

उनीविरुद्ध २०८१ पुस ५ गते सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भएको थियो। अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार पठाइएका गुरुङले हालसम्म १७ करोड रुपैयाँ बराबरको दायित्व स्वीकार गर्दै भुक्तानी गर्ने कबुलनामा गरेको स्रोतले जनाएको छ।

सूर्यदर्शन सहकारी प्रकरणमा दायर अभियोगपत्रमा एक अर्ब ५१ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम पीडित बचतकर्तालाई दिलाइपाऊँ भन्ने माग गरिएको छ।

महेन्द्र गुरुङ सहकारीको एक कार्यकाल सञ्चालक समिति सदस्य र अर्को कार्यकाल लेखा समिति सदस्यका रूपमा आबद्ध थिए। उनी फरार रहेका मुख्य आरोपी जीबी राईसँग व्यावसायिक साझेदार समेत रहेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077