Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • सूर्यदर्शन सहकारी घोटाला : सञ्चालक समिति सदस्य भट्टराई पक्राउ

    सूर्यदर्शन सहकारी घोटाला : सञ्चालक समिति सदस्य भट्टराई पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 714
    SHARES

    कास्की । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा थप एकजना पक्राउ परेका छन् । सहकारीका सञ्चालक समिति सदस्य सुनसरीको इनरुवा नगरपालिका–५ का ३० वर्षीय प्रमोद भट्टराई पक्राउ परेका हुन् ।

    काठमाठौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वयमा उनलाई बिहीबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई शुक्रबार कास्की ल्याएर जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।



    आज अदालतमा बयान सकेर प्रहरीकोमा नै फिर्ता पठाएको छ भने थुनछेक आदेश आउन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ । पोखरा महानगरपालिकाले गरेको अध्ययनमा सूर्यदर्शन सहकारीले १ अर्ब ३५ करोड ५३ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको उल्लेख छ ।



    १ हजार ३५ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ दाबी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् । सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी)सहित १९ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

    हालसम्म ५ जना मात्रै पक्राउ परेका छन् । पीडित बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १८ व्यक्ति र कम्पनिविरुद्ध पनि जाहेरी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार