Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

श्रीमती हत्या आरोपमा ‘नेपाली ब्रो’ का भाइसहित थप तीनजना पक्राउ

श्रीमती हत्या आरोपमा ‘नेपाली ब्रो’ का भाइसहित थप तीनजना पक्राउ

आइतवार , जेठ २४, २०८३

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोप लागेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगरसहित चारजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नुवाकोटको तारकेश्वर गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–६ पैयुटार बस्दै आएका ३८ वर्षीय कुमार थापा मगरलाई श्रीमती ईश्वरी भुजेलमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।

उक्त घटनामा संलग्न रहेको भन्दै कुमारका भाइ ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपालिका–१६ बालाजुका ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका–१ घर भई हाल गोकर्णेश्वर–८ बस्ने २५ वर्षीया प्रतिक्षा आचार्यलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार जेठ २२ गते पैयुटारस्थित घरमा भएको घरायसी विवादका क्रममा कुमारले श्रीमती ईश्वरी भुजेलमाथि चक्कु प्रहार गरेका थिए ।

गम्भीर घाइते भएकी भुजेललाई तत्काल तारकेश्वर सिटी अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । 

घटनापछि मुख्य आरोपी कुमारलाई सोही दिन पक्राउ गरिएको थियो भने किटानी जाहेरीमा नाम उल्लेख भएका अन्य तीन जनालाई जेठ २३ गते नियन्त्रणमा लिइएको प्रवक्ता भट्टराईले बताए ।

पक्राउ परेका चारै जनामाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077