Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीलाई चेन अफ कमाण्डभित्र रहेर सामूहिक प्रयासमा केन्द्रित हुन आईजीपी कार्कीको निर्देशन

प्रहरीलाई चेन अफ कमाण्डभित्र रहेर सामूहिक प्रयासमा केन्द्रित हुन आईजीपी कार्कीको निर्देशन

बुधवार , जेठ २०, २०८३

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई नवीनतम सोच एवम् थप सिर्जनशील भई कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । 

हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी कर्मचारीहरुलाई पूर्ण व्यावसायिक, जनमुखी, इमानदारी एवम् निष्ठापूर्वक आफ्नो कार्य सम्पादन गर्न निर्देशन दिंदै आईजीपी कार्कीले सांगठानिक शुद्धीकरण एवम् सुदृढीकरणलाई प्राथमिकतामा राखेर संगठनको श्रीवृद्धिमा थप योगदान पुग्ने गरी जिम्मेवारी बहन गर्न आग्रह गरे । 

शुन्य सहनशीलताको नीतिलाई अवलम्बन गर्दै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी पारदर्शी, समयसापेक्ष एवम् नागरिकमैत्री सेवाभावका साथ नतिजामुखी कार्यसम्पादन गर्नुपर्नेमा आईजीपी कार्कीको जोड थियो । 

आईजीपी कार्कीले संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू थप सक्रिय हुनुपर्ने बताए । 

सबै प्रहरी कर्मचारीहरू चेन अफ कमाण्डभित्र रहेर सक्रिय र सामूहिक प्रयासमा केन्द्रीत हुनुपर्ने बताउँदै उनले प्रहरी कर्मचारीहरूको क्षमता विकासका साथै समस्या तथा गुनासोको उचित व्यवस्थापन गर्दै उदाहरणीय नेतृत्व प्रस्तुत गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । 

विगतमा भएका कमी कमजोरीलाई विश्‍लेषण गरी आवश्यक योजना, नीति बनाई आ–आफ्नो कार्यक्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान एवम् विपद् व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077