Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मनोहराको सुकुम्बासी बस्ती खाली गरिंदै, आईजीपी नै फिल्डमा

मनोहराको सुकुम्बासी बस्ती खाली गरिंदै, आईजीपी नै फिल्डमा

आइतवार , बैशाख १३, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सुकुम्बासीहरुलाई व्यवस्थित गर्नका लागि बस्ती खाली गर्ने अभियान चलाइरहेको छ । 

हिजोबाट शुरु भएको बस्ती खाली गर्ने अभियान अहिले पनि जारी छ । शनिबार थापाथली र गैरीगाउँस्थित सुकुम्वासी बस्ती व्यवस्थापन पश्चात मनोहरा खोला किनारको अतिक्रमित संरचना व्यवस्थापन गर्न पुगेका प्रहरीमाथि स्थानीयद्धारा ढुंगामुढा भएको थियो ।

काठमाडौंको मनोहरा नदी किनारका सुकुम्वासी नागरिकलाई व्यवस्थापन गर्न खटिएको प्रहरी टोलीमाथि आक्रमण भएपछि प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफै आज फिल्डमा पुगेका थिए  । 

उक्त आक्रमणबाट करिब १ दर्जन प्रहरी घाईते भएका थिए भने स्थिति तनावपूर्ण बनेपछि प्रहरीले कुनै प्रतिकार नगरी त्यहाँबाट फर्किएको थियो । 

आज बिहानैदेखि नेपाल प्रहरी पुनः उक्त क्षेत्रमा परिचालन भई अतिक्रमण हटाउने कामलाई निरन्तरता दिइरहेको छ । 

यसैबीच स्थिति पुनः तनावग्रस्त हुने संकेत देखिएपछि प्रहरीको मनोबल उच्च राख्न तथा स्थानीयसँग समन्वय र संवादलाई प्रभावकारी बनाउन आईजीपी कार्की स्वयं मनोहरा क्षेत्रमा पुगेर स्थलगत अनुगमन गरेका हुन् । 

आईजीपी कार्कीले फिल्डमै पुगेर सुरक्षाकर्मीलाई मानवीय संवेदनशिलतालाई ध्यानमा राख्दै सौहार्दपूर्ण वातावरणमा काम सम्पन्न गर्न निर्देशन दिएका छन् । साथै, उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरी समस्या समाधानका लागि सहकार्य गर्दै प्रहरीलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।

प्रहरी नेतृत्व नै स्वयं फिल्डमा उपस्थित भएपछि सुरक्षा व्यवस्थापन थप सुदृढ भएको र अतिक्रमण हटाउने कार्य अझ व्यवस्थित र समन्वयात्मक ढंगले अगाडि बढेको पाईएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077