Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

बालेनकै कारण सीमाको सन्दर्भमा पहिलो पटक नेपाली विभाजित हुनु पर्‍यो : नेकपा

बालेनकै कारण सीमाको सन्दर्भमा पहिलो पटक नेपाली विभाजित हुनु पर्‍यो : नेकपा

बुधवार , जेठ २७, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद प्रमेश हमालले नेपालको सीमाका सन्दर्भमा पहिलो पटक विभाजित भएर संसदमा छलफल चलेको भन्दै दुःख व्यक्त गरेका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने–‘आज हामी यहाँ हाम्रो भूअखण्डता, हाम्रो सीमाका विषयमा छलफल गर्न बाध्य भएका छौं । छलफल गर्दा विभाजित भएर छलफल गर्न बाध्य भएका छौं । नेपाल र नेपालीहरू अहिलेसम्म कहिल्यै पनि नेपालको सीमा सन्दर्भमा, राष्ट्रियता, सार्वभौमिकताको सन्दर्भमा, स्वाभीमानको सन्दर्भमा विभाजित भएको थिएनौं ।’

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले जेठ १७ गते प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर राष्ट्र विरोधी, नेपालको भू अखण्डताको विरुद्धमा अभिव्यक्ति दिएकाले यस्तो अवस्था आएको उनले बताए ।

प्रधानमन्त्री बालेनले नेपाली जनतासँग माफी माग्नुपर्ने र उनले बोलेको विषय संसद्को रेकर्डबाट हटाउनुपर्ने नेकपाको माग रहेको उनले बताए । 

उनले आफ्नो पार्टी नेकपाले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले दिएको जवाफ अस्वीकार्य भएको बताए । सांसद् प्रमेश हमालले प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिको ढाकछोप गर्नको लागि पराराष्ट्रमन्त्री गर्न अफ्ठेरो परेको बताए ।

उनले भने–‘परराष्ट्रमन्त्रीको यस्तो स्पष्टीकरणले हाम्रो आत्मसम्मान र गौरवलाई बनाउन सक्छौँ ? त्यसैले परराष्ट्रमन्त्रीको ढाकछोप गर्ने स्पष्टीकरण दलको तर्फबाट अस्वीकार गरेको घोषणा गर्छु।’

उनले नेपालले भारतको भूमि नमिचेको दाबी गरे। प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत भएकाले माफी मागेर संसद्को रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्‍याए ।

यद्यपि, आफूहरूले विरोधको शैली भने परिवर्तन गरेको बताए । उनले आफूहरू लचकताका साथ जिम्मेवार प्रतिपक्षको रूपमा सदनमा प्रस्तुत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077