Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images
संसद्‍मा श्रम संस्कृति पार्टीको अवरोध हट्यो

आगजनी, कुटपिट र काटमारको ह्याङओभर सदनभित्र पनि छ : हर्क साम्पाङ

आगजनी, कुटपिट र काटमारको ह्याङओभर सदनभित्र पनि छ : हर्क साम्पाङ

बुधवार , जेठ २७, २०८३

काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दल श्रम संस्कृति पार्टीको अवरोध हटेको छ ।

सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका तर्फबाट सदनमा बोल्न दिने प्रतिबद्धता जनाएसँगै संसद्को गतिरोध हटेको हो ।

विपक्षी दलको तर्फबाट आफूहरूले बोल्न पाउनुपर्ने माग राखेर श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका थिए । यद्यपी सभामुखले भने पहिले नै नाम उपलब्ध नगराएको भन्दै समय नदिएको बताएका थिए । 

बुधबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले शिशिर खनालले धारणा राखेका थिए । त्यसपछि प्रतिपक्षी दलका नेताहरूले आफ्नो धारणा राखेका थिए । 

सो क्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेकपाका सांसद प्रमेश हमाल र राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफ्नो धारणा राखेका थिए ।

तर, सभामुख अर्यालले श्रम संस्कृतिबाट बोल्ने सूचीमा नाम नआएको भन्दै समय दिएका थिएनन् । यही विषयमा असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीका सांसदले वेल घेरेर नाराबाजी गरेका थिए । 

श्रम संस्कृति पार्टीको तर्फबाट अध्यक्ष हर्क साम्पाङले सम्बोधन गरेकाले अवरोध घटेको हो । सम्बोधनका क्रममा उनले पटक–पटक प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको जवाफ प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ आफै आएर दिनु पर्ने बताए । 

उनले सदनमा बोल्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै टिप्पणी गरे । यो देश आन्दोलन र झैझगडाबाट गुज्रिरहेको भन्दै सदनमा पनि त्यहि अवस्था सृजना भएको बताए । 

उनले भने–‘अब यो सदनमा बोल्नको लागि पनि आन्दोलन गर्नुपर्ने भयो। प्रधानमन्त्रीज्यूलाई यता आउनको लागि पनि आन्दोलन गर्दै आएको मान्छे। यो आन्दोलन नै आन्दोलनको देश, झै–झगडा, आगजनीको देश, कुटपिट, काटमारको देश, त्यसको ह्याङओभर हाम्रो सदनभित्र पनि छ। शायद हामी त्यसकै तरिकाले ग्रोम अप भएर आयौँ होला।’

उनले सदन विधिबाट सञ्चालन गर्नुपर्ने बताए। उनले सीमाबारे प्रधानमन्त्रीले गम्भीर गल्ती कुरा बोलेको भन्दै सदनमा बोलाउनको लागि रुलिङ गर्न माग गरे।

उनले सीमा मिचिएको विषयमा हेर्न बुझ्न सेनालाई पनि पठाउन माग गरे । उनले भने–‘नेपाली सेनालाई कहिलेकहिं सीमामा पठाउँदा के हुन्छ ? नेपाली सेनालाई सँधै ब्यारेकमै राख्नुपर्छ ?’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077