Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा, तिरे ५०० जरिवाना

हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा, तिरे ५०० जरिवाना

सोमवार , जेठ २५, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन् ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत प्राप्त जनगुनासोका आधारमा साम्पाङले ट्राफिक नियम पालना नगरी मोटरसाइकल चलाएको विषयमा अनुसन्धान गरी आवश्यक कानुनी कारबाही गरिएको हो ।

नेपाल प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, “सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानुनी कारबाही गरिसकेको जानकारी गराइन्छ।”

प्रहरीले घटनाबारे थप विवरण सार्वजनिक नगरे पनि ट्राफिक नियम उल्लंघन गर्ने जोसुकै व्यक्तिमाथि कानुनअनुसार कारबाही हुने सन्देश दिएको छ।

यससँगै प्रहरीले सम्पूर्ण चालक, सहचालक तथा यात्रुलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै सामाजिक सञ्जालमा देखावटी वा जोखिमपूर्ण शैलीमा सवारी सञ्चालन नगर्न चेतावनी दिएको छ।

राईले एक हातले सवारी साधनको ह्यान्डल र अर्को हातले मोबाइल फोन समातेर भिडियो लाइभ गर्दै लापरबाहीपूर्ण तरिकाले मोटरसाइकल चलाएका थिए। 

सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण (लाइभ) गर्दै मोटरसाइकल चलाउने क्रममा सन्तुलन गुमाउँदा केही दिनअघि राई दुर्घटनामा परेर सामान्य घाइते भएका थिए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077