Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, ३ मन्त्री र २ राज्यमन्त्री नियुक्त

सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, ३ मन्त्री र २ राज्यमन्त्री नियुक्त

सोमवार , जेठ २५, २०८३

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै तीन जना नयाँ मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गरेका छन्।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

नयाँ मन्त्रिमण्डलमा बेलबहादुर रानामगर सामाजिक विकासमन्त्री, विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री तथा मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।

त्यस्तै, मधु भारती सामाजिक विकास राज्यमन्त्री र जुना दानी आर्थिक मामिला राज्यमन्त्री नियुक्त भएका छन्। दुवै राज्यमन्त्रीलाई मुख्यमन्त्री शाहले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

पुनर्गठित मन्त्रिपरिषद् सँगै सुदूरपश्चिम सरकारको प्रशासनिक संरचना र विभागीय जिम्मेवारीमा फेरबदल भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077