काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। उनले सोमबार दिउँसो शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
भारत भ्रमणबाट फर्केपछि रास्वपा सभापति लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी भ्रमणबारे जानकारी गराएका उनको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज दिउँसो भएको भेटमा भारतीय जनता पार्टीको निमन्त्रणामा भएको भ्रमण र भ्रमणमा भारतीय प्रधानमन्त्रीलगायतसँग भएको भेटघाट, कुराकानीबारे जानकारी गराएका रविको सचिवालयले जनाएको छ ।