Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रवि लामिछानेको सर्वदलीय बैठकमा कांग्रेस सभापति गगन थापा नजाने

रवि लामिछानेको सर्वदलीय बैठकमा कांग्रेस सभापति गगन थापा नजाने

सोमवार , जेठ २५, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सहभागी नहुने भएका छन् ।

रास्वपाले सोमबार बिहान ९ बजेका लागि बोलाएको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष/सभापतिसहित दुई–दुई जना प्रतिनिधिलाई आमन्त्रण गरेको थियो । तर, कांग्रेस सभापति थापा भने बैठकमा अनुपस्थित रहने भएका हुन्।

कांग्रेसको तर्फबाट भने संसदीय दलका नेता भीष्मराज आङ्दम्बे र सांसद फिरदोश आलम बैठकमा सहभागी हुने जनाइएको छ। उनीहरूले पार्टीको धारणा प्रस्तुत गर्नेछन्।

बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत रहेको सार्वजनिक लेखा समितिको सभाहलमा बस्ने कार्यक्रम छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077