काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमासम्बन्धी अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा “नेपालले पनि भारतको भूमि मिचेको” भन्ने आशयको अभिव्यक्ति दिएको प्रसंगलाई लिएर सांसद समेत रहेका साम्पाङले त्यसको आधार र प्रमाणबारे प्रश्न उठाएका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले उक्त दाबी कहाँ र कति स्थानमा लागू हुन्छ भन्ने स्पष्ट प्रमाण सार्वजनिक गर्न चुनौती दिए ।
उनले लेखेका छन्, 'डरपोक र हूतिहारा प्रधानमन्त्री इतिहासकै कलंक अभिव्यक्ती 'नेपालले भारतको भूमि मिचेको' कहाँ कति मिचेको हो पुष्टि गर्न चुनौती ।'
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा व्यापक बहस र विवाद भइरहेको छ।