Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुखको चेतावनीपछि पनि सुध्रिएनन् हर्क साम्पाङ, आज पनि प्लेकार्ड देखाएर विरोध

सभामुखको चेतावनीपछि पनि सुध्रिएनन् हर्क साम्पाङ, आज पनि प्लेकार्ड देखाएर विरोध

'प्रधानमन्त्री आफनो कर्तव्य पूरा गर्न सक्नु हुन्न भने मार्गप्रशस्त गर्दा राम्रो'

बिहिवार , जेठ ७, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सांसद हर्क साम्पाङले आज पनि संसदमा विरोध जनाएका छन् । 

साम्पाङले आज पनि प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै उठेर प्लेकार्ड देखाएर विरोध जनाएका हुन् । 

जेठ ४ गतेदेखिका प्रतिनिधिसभाको बैठकमा निरन्तर प्लेकार्ड देखाउँदै आएका साम्पाङलाई बुधबार सभामुख डोलप्रसाद अर्यालले आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका थिए ।

तर आज पनि उनी संसदमा उठेर प्ले कार्डसहित प्रस्तुत भएका हुन्। यद्यपी सभामुख अर्यालले आज भने उनलाई बोल्न समय दिए ।

साम्पाङ मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि सभामुख अर्याल समय नदिएपछि बैठकबाटै बाहिरिएका थिए ।

साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए मार्ग प्रशस्त गर्दा राम्रो हुने बताएका छन् । 

संसद्मा बोल्दै उनले भने- 'यदि उहाँ आफनो कर्तव्य पूरा गर्न सक्नु हुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरी राम्रो । उहाँ नेपाली जनता, लोकतन्त्रद्वारा स्थापित नेपाली जनताको मतद्धारा स्थापित संसदप्रति जवाफदेही हुनुहुन्न भने उहाँ को प्रति जवाफदेही हुनुहुन्छ ? शंका गर्ने ठाउँ छ यहाँ ।'

सांसद राईले संसद् नियमावलीमा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने भए पनि वैशाख २८ गते राखेका प्रश्नको जवाफ आफूहरूले अझसम्म नपाएको बताए ।

साथै उनले गृह र रक्षा मन्त्रालय प्रधानमन्त्री शाहले राखेकाले आफूहरूले उठाएका लिपुलेकको सीमा र सुरक्षासम्बन्धी प्रश्नका जवाफ प्रधानमन्त्री शाह स्वयं प्रतिनिधि सभामा आएर दिनुपर्ने बताए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077