Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य गर्न श्रम संस्कृति पार्टीको निर्देशन

कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य गर्न श्रम संस्कृति पार्टीको निर्देशन

मंगलवार , जेठ १२, २०८३

धरान । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्ना सबै कार्यक्रम तथा प्रचार सामग्रीमा पार्टी अध्यक्षको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

पार्टीको कोसी प्रदेश कार्यसमितिले जारी गरेको सर्कुलरमार्फत जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, गाउँपालिका, वडा तथा टोलस्तरसम्म सञ्चालन हुने सबै कार्यक्रमका व्यानर, पोस्टर र प्रचार सामग्रीमा अध्यक्ष साम्पाङको तस्वीर अनिवार्य रूपमा समावेश गर्न भनिएको हो ।

प्रदेश अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सेनाद्वारा जेठ ११ गते जारी सर्कुलरमा पार्टीको पहिचान, नेतृत्वको सन्देश र संगठनात्मक एकरूपता कायम गर्न यस्तो व्यवस्था गरिएको उल्लेख गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077