Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

संसदमा हर्क साम्पाङको पार्टीको विरोध, बेल घेराउ गर्दै नाराबाजी

संसदमा हर्क साम्पाङको पार्टीको विरोध, बेल घेराउ गर्दै नाराबाजी

बुधवार , जेठ २७, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै संसद्को बेल घेराउ गरेका छन् ।

बैठकका क्रममा सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्न लागेपछि श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका हुन् । पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले बोल्नका लागि समय माग गरे पनि सभामुखले अवसर नदिएको उनीहरूको आरोप छ ।

श्रम संस्कृति पार्टीका सांसदहरूले आफूहरूलाई बोल्न नदिई अन्य दलका सांसदलाई समय दिएको भन्दै सभामुखको कार्यशैलीप्रति असन्तुष्टि जनाए। विशेषगरी ८८रिमा विश्वकर्मा८८लाई बोल्न समय दिइएपछि उनीहरू थप आक्रोशित बनेका थिए।

त्यसपछि श्रम संस्कृति पार्टीका सांसदहरू आसनबाट उठेर बेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए। उनीहरूले संसद्मा सबै दल र सांसदलाई समान अवसर दिनुपर्ने मागसमेत गरेका छन्। घटनापछि केही समय प्रतिनिधिसभा बैठकको वातावरण तनावग्रस्त बनेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077