Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि समय थप गरेको छ ।

नेपाली कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक तथा महामन्त्री प्रदीप पौडेल का अनुसार जेठ २८ गतेसम्मका लागि समय थप गरिएको हो । 

नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहीबार बसेको बैठकले पछिल्ला दिनमा क्रियाशील सदस्यता अद्यावधिकको कार्य देशभर उत्साहजनक रूपमा अगाडि बढिरहेको निष्कर्ष निकालेको थियो । 

पार्टीका विभिन्न तहहरूबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको आएको भन्दै क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय अन्तिमपटकका लागि जेठ २८ गते राति १२ बजेसम्म कायम गर्ने बैठकले निर्णय गरेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077