Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

परराष्ट्रमन्त्री खनाल आज भारत जाँदै, जयशङ्करसँग उच्चस्तरीय वार्ता हुने

परराष्ट्रमन्त्री खनाल आज भारत जाँदै, जयशङ्करसँग उच्चस्तरीय वार्ता हुने

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा आज औपचारिक भारत भ्रमणमा प्रस्थान गर्ने भएका छन् ।

नेपाल–भारतबीच नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरताका रूपमा हुन लागेको यस भ्रमणलाई द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्री खनालले भारतको राजधानी नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भेटका क्रममा नेपाल–भारत सम्बन्धका विविध आयाम र साझा हितका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

मन्त्रालयका अनुसार वार्तामा विशेषगरी व्यापार, लगानी, ऊर्जा, पूर्वाधार तथा कनेक्टिभिटी विस्तार, साथै दुई देशका जनताबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयहरू प्राथमिकतामा रहनेछन्। क्षेत्रीय तथा पारस्परिक हितका समसामयिक विषयमा समेत विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।

नेपाल र भारतबीच पछिल्ला वर्षहरूमा ऊर्जा व्यापार, सीमापार पूर्वाधार विकास, रेल तथा सडक सञ्जाल विस्तारलगायतका क्षेत्रमा सहकार्य बढ्दै गएको सन्दर्भमा यो भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ। कूटनीतिक वृत्तमा यस भ्रमणले दुई देशबीचको विश्वास, सहकार्य र समझदारीलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

परराष्ट्र मन्त्रालयले भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई थप गतिशील र परिणाममुखी बनाउने अवसरका रूपमा व्याख्या गरेको छ। औपचारिक कार्यक्रमहरू सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौं फर्कने कार्यतालिका रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077